नवौं राष्ट्रिय : ठेलोमा २५ जनालाई पछि पार्दै सुनार विजयी

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ठेलो प्रतियोगितामा किरण सुनार (कास्की) प्रथम भएका छन् ।

पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनारले अन्य २५ जना प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भएका हुन ।

यस्तै प्रतियोगितामा रोहित सुनार (कास्की) द्वितिय हुँदा बासु गुरुङ(कास्की) ले तृतिय स्थान प्राप्त गरे । यसअघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरेका थिए ।

कास्की जिल्ला छेलो संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यबाहक सदस्य सचिव घनश्याम पौडेल, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरुले विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेशमा परम्परागतरुपमा खेलिने ठेलो खेलको प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषदको विशेष पहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close