
पोखरा स्पोर्टस । आई.टि.एफ तेक्वान्दो कास्कीको अध्यक्षमा सुरज सुनार निर्विरोध निर्वाचित भएका छन् ।
हालै पोखरामा सम्पन्न पाँचौ कास्की जिल्ला आई.टि.एफ तेक्वान्दो संघको अधिबेशन तथा बर्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा विक्रम सुनार, सचिवमा हेबिद्र खड्का र कोषाध्यक्षमा स्नेह गुरुङ निर्वाचत भएको संघले जनाएको छ ।

निर्विरोध निर्वाचित कार्यसमिति सदस्यमा उदय सुनार, निकिता तामाङ, प्रमित भुजेल, निकिता तामाङ, मिथुन घर्ति मगर रहेका छन् । यसै गरी कार्यकारी समितिले विशाल वुढालाई उपाध्यक्षमा र विशाल वुढा, टिटस् मल्ल, मनिश रेस्मी र बिराट कुमाइ मनोनित गरेका छन् ।
गण्डकी प्रदेश मामिला समितिका सभापति खिम बिक्रम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा नेपाल आइ.टी.एफ महासंघका सदस्य तथा गण्डकी प्रदेश आई टी एफ तेक्वोन्दोका संघका अध्यक्ष घम बहादुर थापा र कास्की एन प्याबसनका कोषाअध्यक्ष तथा कास्की जिम्न्याष्टिक संघका उपसचिव राजु केसीले शुभकामना व्यक्त गरेका थिए ।
