सदस्य सचिब सिलवालको प्रश्न–‘किन खस्कियो नेपालको बक्सिङ खेल ?’

पोखरा, ५ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाली बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन ।

नेपाल बक्सिङ संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले भने–‘कुनै बेला दक्षिण एशियामा पावर हाउसको रुपमा रहेको नेपाली बक्सिङ खस्किनुको कारणा खेज्ने बेला आएको छ ।’ ‘नेपाली बक्सिङ कुनै बेला दक्षिण एशियाको शक्ति केन्द्र बनेको थियो किन खस्कियो ? दोषी को राखेप, संघ, खेलाडी, कारण खोजिनु पर्छ’ सदस्य–सचिव सिलवालले थपे ।

नेपाल भन्दा सानो मुलुक क्युवाले बक्सिङ खेलमा तहल्का मचाएकोे उदाहरण दिँदै सदस्य सचिव सिलवालले भने–‘हामी गोर्खाली हौ बक्सिङमा राम्रो गर्न सक्छौं ।’ सानो देश क्युवाले ओलम्पिकमा मेडल ल्याउन सक्छ, नेपालले किन सक्दैन ? पदक जित्ने बानी भए पछि गोर्खाली हौ ह्याकुुलाले मिचर पनि ल्याईन्छ, नतिजामुखी भएर लागौं राखेपको सहयोग सदैब रहन्छ ।’

कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले बक्सिङ संघमा समस्य भएकोे स्मरण गराउदै भने ‘बक्सिङ संघमा केहि समस्यहरु छन, राखेप खेलकुद विवादरहित बनाउन लागिपरे छ, यो समस्या लामो समय रहनु हुदैन’ उनले भने –‘गौरबपुर्ण इतिहास बोकेको बक्सिङ एक भएर अगाडि बढ्नु पर्छ, पछिल्लो समय बक्सिङ राम्रो हुँदै गएको छ, बक्सिङको लागि के सहयोग गर्नु पर्छ राखेप सधै तयार छ ।’

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदमा पदक जित्न दाबी गदै भने राष्ट्रिय टोलीका खेलाडीलाई बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड पठाएको समेत जानकारी गराए । ‘सागमा हामीले पदक नजितेको धेरै समय भएको छ, हामीले नजर अहिले सागमा लगाएका छौँ , १३ औं सागमा पदक ल्याउने लक्ष्य छ, त्यसको लागि हामीले टिम थाइल्याण्ड पठाएको छौँ,’ अध्यक्ष अवालेले भने ।

संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले सागका लागि नेपालले राम्रो तयारी गरिरहेको बताउँदै सागमा कम्तिमा ३ स्वर्ण जित्ने बताए । नव नियुक्त सदस्य सचिव सिलवाललाई संघले सम्मान पत्रसहित स्वागत गरेको थियो । कार्यक्रममा बक्सिङ खेलका ओलम्पियन, बक्सिङ खेलाडी, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close