सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत

पोखरा स्पोर्टस । राजु श्रेष्ठले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरेका हुन् । सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी भट्टराई, उत्तम बोगटी, मनोज शाह, हेमराज ढकाल, महेश श्रेष्ठ, राजु गोला, युवराज थापा र विमल गुरुङले जित हात पारे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा नेपाल टेनिस संघको प्राविधिक सहयोग भइरहेको प्रतियोगिताको भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा भीष्मराज पौडेल, रोबर्ट हान, मानबहादुर कटुवाल, दावा सोनाम शेर्पा, छोमविक्रम शाह, मनोजकुमार श्रेष्ठ, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, अनिल साइ, सुवास केसी, सन्तोष खत्री, छेवाङ लामा, राजेन्द्र श्रेष्ठ, अतितलाल श्रेष्ठ र सिमान्त गुरुङ अघिल्लो चरणमा प्रवेश गरे ।

प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता बैशाख १७ गते सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close