टाइगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशी बढ्यो

पोखरा स्पोर्ट्स । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण महिला/पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी बढ्ने भएको छ । छैटौं सस्करणको तयारीमा रहेको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पुरस्कार राशी बढाउने घोषणा गरेको हो ।

ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् ।

पाँचौ सस्करणमा सो पुरस्कार राशी उपाधि बिजेतातर्फ ५ लाख ८५ हजार ५५५ रुपैयाँ उपविजेता तर्फ २ लाख ८५ हजार ५५५ रुपैयाँ रहेको थियो ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

छैटौ सस्करणको प्रतियोगिता माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ ।

यसैबीच, टाइगर ग्रुपले ब्रोडकास्टिङ र मार्केटिङ पार्टनरको रुपमा दुई अलग–अलग संस्थासंग त्रिपक्षीय  सम्झौता गरेको छ । आगामी तीनवर्ष सम्मका लागि ब्रोडकास्टिङ पार्टनर कान्तीपुर मिडिया र मार्केटिङ पार्टनर सुश्री मिडिया प्राली रहने गरी त्रिपक्षीय सम्झौता भएको टाइगर ग्रुपका सचिब डिबी नेपालीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको समउपस्थितीमा टाइगर ग्रुपका अध्यक्ष शर्मा, कान्तीपुरका आदित्य ठाकुर र सुश्री मिडियाका प्रवन्ध निर्देशक सुमन अधिकारीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close