हसन गुरुङको अध्यक्षतामा कास्की पावरलिफ्टिङ संघ गठन

पोखरा स्पोर्टस । कास्कीमा छरिएर रहेका पावर लिफ्टिङ खेलाडीहरुको भेलाले कास्की जिल्ला पावर लिफ्टिङ संघको गठन गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न भेलाले पावर लिफ्टिङ खेलका अन्तर्राष्ट्रिय खेलाडी हसन गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा दिपक बास्तोला, द्वितिय उपाध्यक्षमा कमल भण्डारी, सचिवमा सुजन बास्तोला र कोषाध्यक्षमा सुवास कंडेल रहेका छन् ।

त्यसै गरी सदस्यमा मौलाद्धिन मियाँ, राजकुमार ध्वजु, महेश उदास, निरज तिवारी, सराजे बास्तोला, ज्योती थापा, दिवा राना र लिला गुरुङ रहेको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

नेपाल पावर लिफ्टिङ संघका केन्दिय महासचिव शुक्रराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न भेलामा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष महेन्द्र गुरुङ, पावर लिफ्टिङ संघका केन्दिय सदस्य उत्सव अधिकारी, संघका केन्द्रिय संगठन विभाग प्रमुख वुद्धिजङ्ग कार्की, ललितपुर जिल्ला पावर लिफ्टिङ संघका अध्यक्ष विजय देउला, काठमाडौ जिल्ला संघका सचिव अमिर जंग थापा, काठमाडौं व्ययाम व्यवसायी संघका सचिव जगन अधिकारी, शारिरिक सुगठन खेलका अन्तर्राष्ट्रिय खेलाडी ज्ञान नारायण महर्जनलगायतको सहभागिता रहेको थियो ।

नव गठित कार्यसमितिका अध्यक्षलगायत अन्य पदाधिकारीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गुरुङले बधाई ज्ञापन गर्दै कार्यसमितिको गठनले पावर लिफ्टिङ खेलको विकासमा सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close