
पोखरा स्पोर्टस । आहा रारा गोल्डकपमा टिकट काटेर आउने दर्शकहरु तथा दर्शक मध्येबाट फ्यान अफ दि म्याच हुनेलाई समेत दैनिक नगदसहित विभिन्न पुरस्कार जित्न सक्छन् । सहारा युकेले दर्शकहरुको फुटबल मैदानमा उपस्थितीलाई मध्यनजर गर्दै नगद पुरस्कारको व्यवस्था गरेको हो भने चरक मेमोरियलले समेत निशुल्क होल बडी चेकअपको व्यवस्था गरेको छ ।


शुक्रबारको खेलमा विवश गुरूङ फ्यान अफ दि म्याचको पुरस्कार पाउन सफल भए । विश्वभर फ्यान अफ दि म्याचलाइ पुरस्कृत गर्ने प्रचलन छ । सहारा युकेले यो प्रचलनलाई आत्मसाथ गर्दै अघि बढेको हो ।
खेल अवलोकन संगै नगद २ हजार ५ सय जित्ने यो अवसर कुनै पनि दर्शकले प्राप्त गर्न सक्छन् भने टिकट काटेर आउने भाग्यमानी दर्शकले नगद ५ हजार जित्न सक्छन् ।
यो संगै टिकट काटेर हेर्ने दर्शकहरुले दुईजनाले चरक मेमोरियल अस्पतालमा फुलबोडी चेक अप समेत निशुल्क पाउने छन् । एफएनपिजेमा आवद्ध फोटो पत्रकारहरुले खिचेको सर्वाेत्कृष्ट फ्यान अफ दि म्याच हुनेलाई मैदानमा नै रकम हस्तान्तरण गर्ने व्यवस्था समेत सहारा क्लबले गरेको छ ।
Support Sahara/24th AHA RARA POKHARA GOLD CUP
