
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ ।
रेफ्रि सेमिनार संगै ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सुरु भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
रेफ्रि सेमिनारमा १ सय ३९ तथा रिफ्रेसर कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्य जिल्ला र प्रदेशमा हुने सेमिनार तथा रिफ्रेसर कोर्स र भदौ ८ देखि सञ्चालन हुने छन् ।
उक्त कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले जानकारी दिए ।
