
पोखरा । भलिवलका पुर्व राष्ट्रिय खेलाडी एवम भुतपुर्व खेलाडी मञ्च नेपालका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीलाई मातृ शोक परेको छ ।
पोखरा महानगर पालिका वडा नं ५ आफ्नै निवासमा पराजुलीकी आमा यमकला पराजुलीको ८१ वर्षको उमेरमा शनिवार साँझ निधन भएको हो । उहाँ लामो समय देखि दम लगाएत विभिन्न रोगको उपचारको क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको आज (आइतबार) पोखरा तुलसीघाटमा दाह संस्कार गरिएको छ । उहाँको दुई छोरा र एक छोरी छन ।
यसै विच भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले एक सन्देश मार्फत उहाँको निधन प्रती गहिरो दुःख व्यक्त गरेका छन ।
