राजुले जिते एसियन सारीरिक सुगठनमा कास्य पदक

पोखरा स्पोर्टस । नेपाली सारीरिक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको ५४ औं एशियन सारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

राजुले १७० से.मि.सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । २४ राष्ट्र सहभागि सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिक तर्फ पदक जित्न सफल भएको टिम ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

यस अघि पनि नेपाली खेलाडीहरुले एसियन सारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।

यस्तै सोहि प्रतियोगिताका दौरान सारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याए बापत विश्व सारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई Distinguished Award ले सम्मान गरेको समेत मालदिभ्सबाट उपाध्यक्ष भण्डारीले जानकारी गराए ।

प्रतियोगतामा राजु सहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन त्यस तर्फ गएका छन् । सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका बरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा रहेका छन् ।

नेपालले २०२३ मा ५५ औं एसियन सारिरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close