कास्कीको भारोत्तोलन टोली राजविराज प्रस्थान

पोखरा स्पोर्टस । सप्तरीको राजविराजमा आयोजना हुने देवनारायण स्मृती भारोत्तोलनमा कास्कीबाट सहभागी हुने खेलाडीहरुलाई बिहबार विदाई गरिएको छ ।

यहि फागुन २९ देखि चैत १ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि कास्कीबाट ५ महिला र १ पुरुष गरी ६ जना खेलाडीको सहभागिता हुने भएको कास्की भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले जनाएका हुन । प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जितको शुभकामना दिंदै विदाई गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ ४५ केजी तौलमा अनिका गुरुङ र ४९ केजीतर्फ शुष्मा काफ्ले रहेका छन । उनीहरु दुवैले यूथ, जुनियर र सिनियर क्याटोगरीमा सहभागिता जनाउने अध्यक्ष बडगामीले बताए । यस्तै जुनियर र सिनियर प्रतिष्पर्धामा सनिता लामाले ६२ केजी तौल समुह र ७२ केजी तौलमा सरस्वती गुरुङको सहभागिता रहने छ । महिलातर्फ सिनियर क्याटोगरीमा ५५ केजी तौलमा पदमा थापा छन । यसै गरी पुरुषतर्फ भने सिनियर क्याटोगरीतर्फ खिमलाल गुरुङ (सनित)को एक्लो सहभागिता रहको छ ।

कोभिड १९ को महामारी पछि हुन लागेको भारोत्तोलनमा कास्कीले कम्तिमा पनि ३ स्वर्ण पदक हासिल गर्ने हिसावले तयारीका साथ राजविराज प्रस्थान गरिएको प्रशिक्षक बखतमान श्रेष्ठले बताए । टिमको म्यानेजरमा रामजी घजु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close