राष्ट्रपति कप : छात्र भलिबलमा गण्डकीको संघर्षपूर्ण जित

पोखरा स्पोर्टस । राजधानीमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति कपमा छात्र भलिबलमा गण्डकीले लुम्बिनी प्रदेश माथी संघर्षपूर्ण जित निकालेको छ ।

मंगलबारबाट सुरु भएको प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको गण्डकीले संघर्षपूर्ण खेलमा लुम्बिनीलाई २–१ ले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा १८–२५ ले पहिलो सेट गुमाएको गण्डकीले खेलमा फर्किदै दोश्रो र तेश्रो सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

गण्डकीले दोश्रो सेट २५–१७ र तेश्रो सेट ३०–२८ ले जित्दै खेलमा मात्रै फर्किएन आफ्नो पहिलो खेल समेत जितेको छ ।

यस अघि छात्रा भलिबलमा समेत गण्डकीले कर्णालीलाई २–० को  सोझो सेटमा पराजित गरेको थियो ।

राष्ट्रपति कप : छात्रा भलिबलमा गण्डकीको जितको यात्रा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close