
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको टोली राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन सोमबार काठमाडौं प्रस्थान गरेको छ ।
भूतपूर्व खेलाडी मञ्चद्वारा मास्क हस्तान्तरण
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले काठमाण्डौंमा हुने राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन हिंडेको गण्डकी प्रदेशको टोलीलाई एक हजार थान मास्क प्रदान गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले उक्त मास्क परिषदका कार्यालय प्रमुख तथा टोलीका सदस्य तोपलाल भुसाललाई हस्तान्तरण गरेका हुन् । उनले गण्डकी प्रदेशको टोलीलाई जितको शुभकामना व्यक्त गर्दै स्वास्थ्यको संवेदनशिलतालाई मध्यनजर गर्दै एक हजार थान मास्क प्रदान गरेको अध्यक्ष पराजुलीले बताए ।


काठमाडौंमा यहि असार २८ गतेबाट सुरु हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौं प्रस्थान गर्नु अघि प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले टोलीलाई विदाई गरे । सो अवसरमा उनले खेलाडीहरुलाई जितको शुभकामना दिंदै खेलकुदको मुल्य मान्यता अनुरुप अनुशासित र उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरे ।
सो अवसरमा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रदेश खेलकुदका सदस्य शुभकन्या गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सिना, प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुूर्व खेलाडी मञ्चका हरि प्रसाद पराजुली, प्रदेश खेलकुदका सदस्य खगेन्द्र क्षेत्री, प्रदेश भलिबल संघका उपाध्यक्ष हरि कुमार श्रेष्ठ लगायतले खेलाडीहरुलाई खादा लगाएर विदाई गरेका थिए ।
यहि असार ३० गते सम्म सञ्चालन हुने छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशबाट ४७ जना छात्र र ४७ जना छात्रा गरी विभिन्न ६ खेलमा ९४ जना खेलाडीले सहभागिता जनाउने छन् । प्रदेशको टिममा छात्र/छात्रा टिममा एक–एक जना प्रशिक्षक र टिम व्यवस्थापकहरु व्यवस्था गरिएको छ ।
“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्नु”–मुख्यमन्त्री पोखरेल

