जापानबाट न्यौपानेले गरे पोखरा स्पोर्टस अवार्डलाई सहयोग

पोखरा स्पोर्टस । जापानबाट प्रेमनारायण न्यौपानेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते शनिबार हुने ‘छैंटौं पोखरा स्पोर्टस् अवार्ड’ लाई उनले नगद सहयोग गरेर सहयोग गर्ने भएका हुन् । स्पोर्टस् अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार न्यौपानेले अवार्ड सफल बनाउन नगद १५ हजार सहयोग गर्ने जनाएको बताए ।

पोखरा घर भई हाल जापन बस्दै आएका न्यौपाने नेपाल खेलकूद पत्रकार कास्कीका पूर्व अध्यक्ष समेत हुन । उनले आफू पूर्व अध्यक्ष समेत भएको गण्डकीकै कृयाशिल संस्था र खेलकुदको विकासका लागि अनवरत रुपमा अघि बढेको नेपाल खेलकुद पत्रकार मञ्चलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुपैयाको साथमा ट्रफी प्रदान गरिनेछ । समग्रमा पोखरा स्पोर्टस अवार्डमा सात जना सम्मानित हुनेछन् ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close