अदालतको निर्णय विरुद्ध राखेप सदस्यमा थपिए ८ सदस्य

पोखरा स्पोर्टस । पाटन उच्च अदालतको आदेशको अवमुल्यन गर्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा ८ जना सदस्यलाई थप गरेको छ ।


अदालतले मन्त्रालयको निर्णय तत्काल नर्गन नगराउन बिहिबार अल्पकालिन अन्तिरम आदेश जारी गरेको थियो । मन्त्रालयले गत मंसिर ३ गते रिम रानाभाट, इन्दिरा निरौला, रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, गोपाल खनाल र गोबिन्द भट्टराईलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उच्च अदालतमा मन्त्रालयलाई विपक्षी बनाउँदै खेलकुद विज्ञका रुपमा रहेका वोर्ड सदस्य रिम बहादुर रानाभाट सहित वोर्ड सदस्य सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण केशरी श्रेष्ठ र रेणुका श्रेष्ठले मुद्धा दायर गरेका थिए ।

अदालतको निर्णय अनुसार हटाइएका सवै  राखेप सदस्यहरु यथावत नै रहेका छन् । अदालतले दुवै पक्षलाई मंसिर १७ गते छलफलका लागि बोलाएको समेत छ । तर मन्त्रालयले उक्त आदेशको अवमुल्यन गर्दै ८ जना सदस्य नियुक्ति गरे पछि राखेप भित्र थप समस्या र अन्यौल उत्पन्न हुने स्पष्ट देखिएको छ ।  मन्त्रालयले लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, मोहमद फाजिल, प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगर लाई मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close