कास्की जिल्ला भलिबल संघको अध्यक्षमा विष्णु गुरुङ सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस् । कास्की जिल्ला भलिबल संघको अध्यक्षमा विष्णु गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरामा बिहिबार सम्पन्न अधिबेशनले उनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसै गरी कार्य समितिको उपाध्यक्षमा शरण कुमार प्रधान निर्वाचित भए । उपाध्यक्षमा भने एक पद रिक्त राखिएको छ । कार्यसमितिको महासचिवमा टंकरराज पौडेल र कोषाध्यक्षमा भलिबल प्रशिक्षक रहेका वुद्ध सिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरी कार्यसमितीको सदस्य पदमा हुम बहादुर गुरुङ, योगेन्द्र बस्नेत, बलराम तिमिल्सिना, सन्जिव जिसी र सुन्दर श्रेष्ठ निर्वाचित भए । कार्यसमितीको एक पद भने रिक्त राखिएको छ । पदाधिकारी सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

यस अघि उक्त अधिवेशनको उद्घाटन नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्माले गरेका थिए । उनले कास्की भलिबल खेलको उर्वरा भूमी रहेको बताउँदै यहाँको खेल गतिविधिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने उल्लेख गरे । उनले सबैलाई भलिबल खेल विकासका लागि मिलेर काम गर्न समेत सुझाए ।

सो अवसरमा संघका केन्द्रिय सदस्य तथा निर्वाचन समितिका सदस्य राजकुमार गुरुङ, क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, क्षेत्रिय भलिबलका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराललगायतको सहभागिता रहेको थियो ।

अधिबेशन उद्घाटन कार्यक्रम कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close