आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा स्पोर्ट्स । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरु सुरू भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ) ले तेजस रवि (भारत) लाई ६–२, ६–४ ले पराजित गर्दै सुखद सुरुआत गरेका छन् । भारतका प्रतीक सेओरानले नेपालका आयुश्मान हजुर घले लाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले हराए ।

भारतकै शशांक साई प्रसाद कर्नाटीले कोरियाका ह्यो जिन हालाई ६–३, ६–२ ले पराजित गरे । त्यस्तै यान्शुओ पान (चीन) ले नेपालका असव सम्राट हाडा लाई ६–१, ६–० को सोझो सेटमा हराए । रोबर्ट डोल्या (सिंगापुर)ले क्युङबिन आन (कोरिया) लाई ७–५, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे ।

भारतका माधव दीक्षितले नेपालका दर्शील श्रेष्ठ विरुद्ध पहिलो सेट गुमाए पनि शानदार पुनरागमन गर्दै ४–६, ६–४, ६–२ ले जित दर्ता गरे । यश कुमार (भारत)ले बंगलादेशका खाब्बो गयेन लाई ६–४, ७–६(४) ले हराए । यसै गरी युल हो जुंग (कोरिया)ले नेपालका राजवीर प्रधान विरुद्ध संघर्षपूर्ण खेलमा ६–४, २–६, ६–३ को जित हात पारे । नेपालका करण थापाले बंगलादेशका एमडी महाद बिन मलेक महाद लाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे ।

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत पहिलो दिन सम्पन्न गर्ल्स सिङ्गल्स राउन्ड अफ ३२ का खेलहरूमा धेरै खेलाडीहरूले दबाबपूर्ण र प्रभावशाली जित दर्ता गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् । भारतकी मेहा पाटिलले नेपालकी साल्भी शेरचनलाई ६–०, ६–० को दोहोरो सेटमा पराजित गर्दै दिनकै सबैभन्दा एकतर्फी जित निकालिन् । भारतकै ध्रुती गुन्डुले बंगलादेशकी येआना चौधरी लाई ६–२, ६–४ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।

अमेरिकाकी नाला जोसेफिन मास्कीलाई भारतकी रञ्जना संग्रामले ६–०, ६–४ ले पराजित गर्दै उल्लेखनीय नतिजा निकालेकी छिन् । बुल्गेरियाकी सोफिया जाखारकिभले भारतकी इशा शर्मा विरुद्ध तीन सेटको संघर्षपूर्ण खेलमा ६–१, ४–६, ६–२ को जित हात पारिन् ।

प्रतियोगितामा ब्वाइज डबल्स तथा गर्ल्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गर्ल्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close