सुजल डेरीको उत्पादन “सफल दही एकदम सहि”

व्यस्त दैनिकी र हरेक पलको भाग–दौड बीच आजको आधुनिक परिवारलाई मध्यनजर गरी सुजल डेरीले सन्तुलित र पोषणयुक्त आहार सफल दही बजारमा उतारेको छ ।

तिनै परिवारलाई मध्यनजर गर्दै सुजल डेरी प्रालीले सफल दही बजारमा ल्याएको छ । परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सहि रहेको कम्पनीको दावी छ । “सफल दही एकदम सहि” नाराका साथ बजारमा आएको सफल दही शुद्ध गाई तथा भैँसीको दूधलाई उच्च स्तरीय प्रविधिद्वारा प्रशोधन गरि बनाइएको बाक्लो र मलायदार रहेको कम्पनीले जनाएको छ ।

सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले जस्तै Calcium, Protein र Vitamin ले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिका देखि युवा, वयस्क र वृद्ध–वृद्धालाई समेत गुणकारी रहेको कम्पनीले जनाएको छ । सफल दहीमा भएको Calcium ले हड्डी बलियो बनाउने, protein ले शारीरिक तन्दुरुस्ती ल्याउने, Vitamin ले रोग प्रतिरोधात्मक क्षमता बढाउँने शक्ती रहेको जनाइएको छ ।

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही विगत १८ वर्ष देखि पोखरा र आसपासको ठाउँमा लोकप्रिय रहेको दुग्ध उत्पादक समेत हो । सफल दही गाई तथा भैंसीको दूधलाई उच्चकोटिको प्रविधिद्वारा प्रोसेसिङ्ग गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायदार दही हो । खाँदा मिठो र स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गरेको पाईन्छ ।

सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले जस्तै Calcium, Protein र Vitamin ले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिका देखि युवा, वयस्क र वृद्ध–वृद्धालाई समेत गुणकारी रहेको कम्पनीले जनाएको छ । सफल दहीमा भएको Calcium ले हड्डी बलियो बनाउने, protein ले शारीरिक तन्दुरुस्ती ल्याउने, Vitamin ले रोग प्रतिरोधात्मक क्षमता बढाउँने शक्ती रहेको जनाइएको छ ।

सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर–घरका गृहिणीहरुका लागि चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो उत्पादन ल्याइएको कम्पनीले जनाएको छ । साथै विभिन्न चाडबाडमा अत्यावश्यक परिकार मध्येको एक दही समाजको अभिन्न अङ्गको रूपमा रहेको र आफ्नो गुणस्तरका लागि अत्याधिक रुचाइएको सफल दही होटल तथा रेष्टुराँमा विभिन्न स्वादिष्ट खानाहरु बनाउनका लागि पनि सफल दही उत्कृष्ट रहेको जनाइएको छ ।

ISO 22000:2018 मापदण्ड प्राप्त यो कम्पनीले आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको छ । बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अङ्ग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close