प्रि–स्कुलका विद्यार्थीहरुले मनाए ओलम्पिक दिवस

पोखरा स्पोर्ट्स । अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि-स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् ।

नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो ।

ओलम्पिक दिवसकै अवसरमा बाग्मती सरसफाइ गरियो भने स्वम्भूमा  मोर्डन पेन्टाथलनको प्रतियोगिता सम्पन्न भएको कमिसनले जनाएको छ । प्रतियोगितामा ७५ प्रतिस्पर्धी सहभागी थिए । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकारको फुटबल हुँदै छ ।

ओलम्पिक दिवसलाई भब्य रुपमा मनाउन सातै प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम भइरहेको कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close