अमेरिकाबाट आएका मञ्चका आजिवन सदस्य गुरुङलाई स्वागत

पोखरा स्पोर्टस । अमेरिकाबाट आएका नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य दिल बहादुर गुरुङ (माइकल)लाई मञ्चले स्वागत गरेको छ ।

मञ्चले एक कार्यक्रम गरी उनलाई स्वागत गरेको हो । उनलाई मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ (डिबी), संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले स्वागत गरेका थिए ।

फुटबल र जिम्न्यस्टिकका खेलाडी समेत रहेका पोखरा १२ माटेपानी स्थायी निवासी गुरुङ हाल अमेरिकाको न्यू ह्याम्पशायरमा बसोवास गर्छन । समाजसेवा र खेलकुदको अभियानमा जुटेका गुरुङले मञ्चले आफूलाई स्वागत गरेकोमा आभार व्यक्त गर्दै खेलकुदको विकासका लागि मञ्चले गरेको कृयाकलापको प्रशंसा समेत गरे । उनले भने–“मलाई स्वागत गर्नु भएकोमा आभार प्रकट गर्दछु । यहाँहरुले खेलकुदको विकास र सक्रियताले हामी विदेशमा छरिएर रहेका नेपालीहरुलाई समेत मातृभूभीका लागि केही गरौं भने जोश भर्नु भएको छ ।”

मञ्चका प्रथम उपाध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा म्याराथन सफल बनाउन देश विदेशबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै विदेशमा रहेका नेपाली दाजुभाईहरुकै कारण आफूहरुले पनि केही गरौं भन्ने आत्मबल प्राप्त भएको बताए । “हाम्रा हरेका कार्यक्रममा यहाँहरुले सहयोग गर्दै आउनु भएको छ । हामी यहाँहरुकै सहयोगले पनि आत्मबल प्राप्त भएको छ । यहाँहरु सबै धन्यबादको पात्र हुनुहुन्छ ।”

सो अवसरमा निवर्तमान अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको सन्देश अमेरिकामा रहेका नेपालीहरु विच पुर्याउन आग्रह गर्दै सबैको सहयोगले पोखरा म्याराथन भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close