
पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतको पटियालामा हुने प्रशिक्षण सहभागी हुन फेन्सिङकी प्रशिक्षक रेखमाया गुरुङ आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।
यहि मे ९ देखि ३० जुनसम्म हुने प्रशिक्षणमा रेखमायाको सहभागिता रहने भएको हो । कास्की जिल्ला फेन्सिङ संघ कास्कीले एक कार्यक्रमको आयोजना गरी उनलाई विदाई गरेको छ ।
जिल्ला फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाही, सल्लाहकार कृष्ण रानाभाट, वरिष्ठ उपाध्यक्षद्वय राम गुरुङ र छवि गुरुङ, सचिव सन्दिप वराल, कार्यसमिति सदस्य चिजा गुरुङले शुभकामना सहित उनलाई विदाई गरेका थिए ।
फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहेकी रेखमायाँ भारतको पटियालामा रहेको नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिने वताईएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा फेन्सिङ लगाएत २८ खेलहरुका प्रशिक्षकहरुलाई तालिम प्रदान गरिन्छ । नेपालबाट रेखमाया सहित शसस्त्र प्रहरी बल (एपिएफ)का फेन्सिङ प्रशिक्षक सुभाष आचार्य पनि सहभागी हुनेछन् ।
स्मरणिय के छ भने रेखमायाँ तेक्वान्दो खेलको समेत प्रशिक्षक हुन् । पोखरामा आफ्नै डोजो सञ्चालन गरिरहेकी उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी छन् ।
