पोखरामा हुने जि–२ तेक्वान्दोका लागि असोजको दोश्रो साता प्रस्तावित

पोखरा स्पोर्टस । पोखरामा जि–२ तेक्वान्दो र्‍याकिङ प्रतियोगिता असोजको दोश्रो साता हुने गरी प्रस्ताव गरिएको छ ।

उक्त प्रतियोगिातको आयोजक नेपाल तेक्वान्दो संघ गण्डकीले तेश्रो पटक नयाँ मिति प्रस्ताव गरेको हो । कोभिड १९ का कारण तिन–तिन प्रतियोगिता सरेको र नयाँ मिति प्रस्ताव गरी वर्ल्ड तेक्वान्दो फेडेरेशनमा पठाउनु परेको संघका अध्यक्ष जगन बहादुर गुरुङले जनाएका छन् ।

यस अघि असोज २९ देखि कार्तिक ४ गते प्रतियोगिता आयोजना गर्ने गरी तयारी गरिए पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण नयाँ मिति प्रस्ताव गर्नु परेको उनको भनाई थियो । “हामीले दशैं र राष्ट्रिय प्रतियोगिता अघिनै प्रतियोगिता सम्पन्न गर्नुपर्छ भनेर नयाँ मिति प्रस्ताव गरेका छौं । प्रस्तावित मिति दशैंको संघारमा भएकोले पनि विदेशमा रहेका नेपाली खेलाडी पनि नेपाल आउन सक्छन्”, उनले भने ।

उक्त प्रतियोगितामा विभिन्न देशका ४ सय र नेपाली खेलाडी ५ सय गरी ९ सय खेलाडीहरुको सहभागिता हुने सक्ने अध्यक्ष गुरुङले बताए । उनले भने–“अहिले नै कति खेलाडी आउँछन भन्न सकिन्न । यो खुल्ला प्रतियोगिता भएकोले संख्या धेरै पनि हुन सक्छ । तर दक्षिण एसियाली राष्ट्रका लागि नेपाल नजिक हुने भएकोले ति देशका खेलाडीको संख्या धेरै हुन सक्छ ।” प्रतियोगिताका लागि १ सय भन्दा वढी विदेशी रेफ्रिहरु समेत पोखरा आउनेछन् । उक्त प्रतियोगिता संगै आयोजकले जुनियरतर्फ समेत प्रतियोगिता समावेश गर्ने भए पछि सहभागि खेलाडीको संख्या १ हजार ५ सय भन्दा वढी हुन सक्ने अध्यक्ष गुरुङको भनाई छ ।

प्रतियोगिता तयारीका लागि नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणा र महासचिव दिपराज गुरुङ पोखरा आएका थिए । उक्त बैठकमा संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल लगायत प्रदेश कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close