बस्नेतको निधन प्रति मञ्चको ध्यनाकर्षण

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले संस्थाका संस्थापक तथा सल्लाहकार स्व.योगेन्द्र बहादुर बस्नेतको निधन प्रति गम्भिर ध्यनाकर्षण भएको जनाएको छ ।

बस्नेतको गत जेठ २५ गते उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको सो अस्पतालमा पित्त थैलीको सल्यक्रिया गरिएको थियो । तर उपचारको क्रममा अस्पतालमा भएको कमजोरीका कारण भएको निधनले परिवार, समाज र खेल क्षेत्रले एक अभिभावक गुमाएको बताउँदै मञ्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ–“उहाँको निधनबारे छानविन गरी सत्य तथ्य बाहिर ल्याउन र स्वास्थ्य उपचार सेवालाई प्रभावकारी, विश्वसनिय र भरपर्दो बनाउन समेत माग गर्दछौं ।”

“मञ्चको स्थापनाकाल देखि नै स्व.बस्नेतले विभिन्न जिम्मेवारी पदमा रहि मञ्चले आयोजना गरेका कार्यक्रमहरुमा आफ्नो भूमिका महत्वपूर्ण रुपमा निभाएको र शिक्षा र खेलकुदको विकासका लागि गरेको योगदानको उच्च सम्मान समेत व्यक्त गर्दछौं” जारी विज्ञप्तीमा भनिएको छ ।

यता स्व.बस्नतेका परिवारजनले समेत उनको निधन प्रति अस्पतालको लापरवाही रहेको भन्दै सत्य तथ्य छानविनका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएका छन भने अस्पतालले समेत चिकित्सक, मेडीकल अफिसर र परिचारिकालाई निलम्वन गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

One Comment

  1. यदी यो कुरा सत्य हो भने दोषी ले सजाय पाऊन अती जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close