
पोखरा स्पोर्टस । टिम टेनिस नेपालको आयोजनामा ‘जेटिआई जुनियर टेनिस २०२२’ शुक्रबारबाट सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका हुन् । प्रतियोगिताको पहिलो दिन गर्ल्स र व्वाइजतर्फका १८ खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगितामा ९ वर्ष मुनी गर्ल्सतर्फ मेरिशा थापा, जेनिशा ज्ञवाली, केजियान शाक्य विजयी भए भने १० वर्ष मुनी गर्ल्समा साल्भी श्रेष्ठ, जोया जोशी विजयी बने । यता १० वर्ष मुनी व्वाइजतर्फ सन्दिप जिशी, निश्चल ज्ञवाली, संघर्ष फौदार अघिल्लो चरणमा प्रवेश गरे ।
१२ वर्ष मुनी गर्ल्सतर्फ शिभाली गुरुङ, स्वस्तिाका विष्ट, प्राज्ना मानन्धर तथा व्वाइजतर्फ आभाष श्रेष्ठ र आशभ सम्राट हाडा सेमीफाइनलको यात्रा तय गरेका छन् । १४ वर्ष मुनीको गर्ल्स क्याटोगरीमा कर्मिष्ठा श्रेष्ठ, जेनी खड्का, शिभाली गुरुङ र प्राज्ना मानन्धर क्वाटर फाइनलमा प्रवेश गरेका छन् भने व्वाइजतर्फ शास्वत वज्राचार्य र व्रिजेश अर्यालले समेत क्वाटरफाइनलमा स्थान शुरक्षित गरे ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा सञ्चालन भइरहेको छ ।
