
पोखरा स्पोर्टस । नेपाली शारिरिक सुगठन खेलको विकासमा छुट्टै पहिचान बनाएको बुल्समेन क्लव पोखराले आफ्ना सहयोगीहरुलाई बुधबार एक कार्यक्रम बिच सम्मान गरेको छ ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मान गरेको हो । क्लवका सदस्य तथा सिङ्गापुर पुलिसमा कार्यरत एसपी सपुन गुरुङ, रोशन गुरुङ, इन्द्र गुरुङ, अमन गुरुङ, याम आले र अस्ट्रेलियाका सदस्य सनम गुरुङलाई मायाँको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।

क्लबद्वारा आयोजित ‘चौथो बुल्समेन प्रतियोगिता’लाई सम्पन्न गर्नका लागि उनीहरुले आर्थिक रुपमा समेत सहयोग गरेका थिए ।
सो अवसरमा बोल्दै एसपी सपुन गुरुङले क्लवले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत आफुहरुले सहयोगलाई निरन्तरता दिने बताए ।
क्लवका अध्यक्ष नुना गुरुङले विदेशमा बस्ने नेपाली युवाहरुको सहयोगका कारण ‘चौथो बुल्समेन प्रतियोगिता’ भब्य रुपमा सम्पन्न भएको बताउँदै नेपाली खेलाडीहरुको पलायन रोक्न राज्यको ध्यान पुग्न नसकेको बताए ।
कार्यक्रममा क्लबका संरक्षक सुनिल गुरुङ, वरिष्ठ सल्लाहकार ओम बस्नेत, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष एवं पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, क्लवका सल्लाहकार सोन प्रसाद गुरुङ, क्लवका सचिव उदिम गुरुङ, कोषाध्यक्ष लक्ष्मण गुरुङ (ल्याक्स) लगायतको सहभागिता रहेको थियो ।
यसै विच क्लवले क्लवका सल्लाहकार हालै सिङ्गापुर पुलिसबाट सेवा निर्वित एसआई इन्द्र गुरुङ एवं क्लबकी कार्यसमिति सदस्य प्रियङ्का वर्मालाई समेत सम्मान गरेको छ । बक्सिङ प्रशिक्षक बर्मा अध्ययनका लागि अमेरीका प्रस्थान गर्ने भएकी छन् ।
