कतारमा टेनिसकी प्रशंसालाई रजत

पोखरा स्पोर्टस । नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गर्ल्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् ।

कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् ।

सर्किट– १ मा पनि प्रशंसा एलेक्जेन्ड्रासंगै २–० को सीधा सेटमा पराजित हुँदै रजतमा सीमित भएकी थिइन् । सर्किट– १ मा भने प्रशंसाले गर्ल्स डबल्समा पनि रजत जितेकी थिइन् । सर्किट– २ को डबल्समा प्रशंसा पहिलो चरणबाटै बाहिरिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close