पोखरा स्पोर्टस । उजवेकिस्तानमा आयोजना हुने एएसबीसी यु–२२ पुरुष/महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
उक्त प्रतियोगितामा शुष्मा तामाङ्गले ४८ के.जी. तौल समुहमा प्रतिष्पर्धा गर्ने भएकी हुन् । प्रतियोगितामा सहभागिताका लागि जाने खेलाडी शुष्मा र प्रशिक्षकहरु प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच विदाई गरेका छन् ।
खेलाडी सुस्मा तामाङ्ग भरखरै काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् । यसै वर्ष बैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन् । साथै विश्व युवा बक्सिङ्ग र्याङकिङमा उनी छैटौं स्थानमा छिन् ।
कार्यक्रममा नेपाल बक्सिङ्गका संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो । यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागीता हुनेछ । नेपाली टोली मंगलबार तास्कन्त प्रस्थान गर्दैछ ।
