विश्व महिला बक्सिङ : प्रतिष्पर्धात्मक खेलमा शुस्मा पराजित

पोखरा स्पोर्टस । टर्किको ईस्तानबुलमा सञ्चालन भईरहेको आईवा उमन वर्ल्ड बक्सिङ् च्याम्पियनशिपमा नेपाली खेलाडी शुस्मा तामाङ पराजित भएकी छन् ।

उनी ४६ देखि ४८ तौल समुहमा मंगोलियन खेलाडी संग स्पिलट डिसिजनमा पराजित हुन पुगेकि हुन् । शुस्माले शानदार रुपमा निकै नै आत्म विश्वासका साथ फाईट खेलेको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । पहिलो राउण्डबाट नै मंगोलियन खेलाडी शुस्मा विरुद्ध हावी हुन पुगेको अवालेले बताए । तर शुस्मा दोस्रो र तेस्रो राउण्डमा भने खेलमा फर्किदै अंक जोड्न सफल भएकी थिइन् ।

पहिलो राउण्डमा दोस्रोे राउण्डमा कम पन्च प्रहारगर्दा शुस्मा स्पिलिट डिसिजन ३ः२ को आधारमा मंगोलिया संग पराजित हुन पुगेको अवालेले बताए । दोस्रो राउण्डमा शुष्माले खेलमा फर्किने प्रयास गरेर केही सुधार गरे पनि उनको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण फाईदा मंगोलियन खेलाडीले प्राप्त गरिन् । तेस्रो राउण्डमा शुस्माको दोस्रो राउण्डको भन्दा पनि लिडिङ्ग नै रहे पनि क्यूवाका रेफ्रीले उचित निर्णय दिन नसक्दा खेल हार्नु पर्ने अवस्था आएको प्रवक्ता अवालेले जनाए  ।

समग्रमा शुस्माले निकै नै राम्रो प्रयास गरेको भए पनि पहिलो राउण्डमा लिडिङ् हात तल झार्नु र खेलको गति केही ढिलो हुनु नै समग्रमा खेलमा पछाडि पर्नुको मुख्य कारण रहेको प्रवक्ता अवालेको भनाई छ । तर दोस्रो र तेस्रो राउण्ड एकतर्फि रुपमा शुस्माकै पक्षमा हुनेपर्ने निर्णय भने जजको उचित मुल्याङ्कन नहुँदा नेपालले हार व्यहोर्नु परेको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close