नेपाल पुलिस र टिपटपले जिते एनभिए राष्ट्रिय क्लब लिग भलिबलको उपाधी

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधी जितेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिलातर्फ आफ्ना पाँचै प्रतिद्वन्दीलाई पराजित गरि शिर्षस्थानमा रहँदै फाईनल पुगेको पुलिसले शनिबार सम्पन्न फाईनल खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधी उचालेको हो ।

पुलिसले पहिलो सेट २५–१२ ले जितेको थियो । तर दोश्रो सेट २१–२५ ले एपिएफलाई सुम्पन पुग्यो । खेल १–१ को बराबरीमा गए पछि पुलिसले खेलमा सुधार गर्दै तेश्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै ६ लाख नगद सहित उपाधी उचालेको हो ।

उपबिजयी एपिएफले नगद ३ लाखमा चित्त बुझायो । यस्तै तेश्रो स्थानमा रहेको होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधी उचालेको छ । हेल्प नेपालले पहिलो सेट २५–१९ले आफ्नो पक्षमा पार्यो ।

दोश्रो सेट पुलिसले २५–११ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बरावरीमा पु¥यायो । तर तेश्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै टिपटपले उपाधी उचालेको हो । उपाधीका साथ हेल्प नेपालले नगद ६ लाख सहित ट्रफी प्राप्त ग¥यो । उपबिजेता पुलिसले नगद ३ लाख र ट्रफी प्राप्त ग¥यो ।

तेश्रो स्थानमा त्रिभुवन आर्मी क्लब रह्यो । आर्मीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । यस्तै चौथो स्थानमा रहेको एपिएफले नगद ७५ हजार हात पार्न सफल भयो । 

८ दिन सम्म चलेको लिगमा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुष तर्फ टिपटप हेल्प नेपालका अईमल खान घोषित भए । सर्वोत्कृष्ट खेलाडीहरुले जनही ३५ हजार प्राप्त गरे ।

विधागत तर्फ नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदियमान खेलाडी घोषित भए । यस्तै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।

पुरुष तर्फ हेल्प नेपालका टोप बहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गा बहादुर खड्का र उदियमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।

विधागत तर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदियमान खेलाडीहरुले जनही १० हजार प्राप्त गरे ।

विजयी टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, गण्डकी प्रदेश साँसद लिल बहादुर थापा, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्ज कुमार राई लगायतले पुरस्कार वितरण गरेको थिए ।

प्रतियोगितामा पुरुष तर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफल क्लब र नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, दावाँली मिलन क्लब, सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा महिला तर्फ तीन विभागिय टोली आर्मी, एपिएफ, पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close