पोखरामा विश्वकै कठिन ट्राइयाथलन सुरु

पोखरा स्पोर्टस । नेपालमा पहिलो पटक विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा सुरु भएको छ ।

उक्त प्रतियोगिता शनिबार बिहान ४ बजे पोखरास्थित फेवातालबाट सुरु भएको हो । ‘हिमालयन एक्सट्राइ’को आयोजनामा भएको उक्त प्रतियोगितामा १७ देशका प्रतिष्पर्धीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडीबाट सुरु भएको प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले पोखरा स्पोर्टसलाई जानकारी दिए । पौडी सकिए लगतै प्रतिष्पर्धीहरुको १८० किमिको साइकल दौड सुरु भएको छ ।

साइकल दौड पोखरा भुपी शेरचन राजमार्ग हुँदै बागलुङको कालिका मन्दिर पुग्ने र त्यहाँबाट फर्किएर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुग्नेछन् । लुम्रेबाट ४० किमि दौड सुरु हुनेछ । उक्त दौड कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुग्नेछन् । उक्त प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुने छ । प्रतियोगिता १४ घन्टामा सक्ने अनुमान आयोजकले गरेको छ ।

दुई वर्ष अघि आयोजना हुने भनिएको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । उक्त प्रतियोगितामा नेपालका तर्फबाट सन्तोषी राई र सोनी गुरुङको सहभागिता रहने योन्जनले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागिता जनाउन सन्तोष युकेबाट पोखरा आएका हुन् । उनी पोखरेली मञ्चको आयोजनामा हुने नेपाल रन युके र धरान रनका संस्थापक समेत हुन् ।

उक्त प्रतियोगितामा १७ विभिन्न देशका एथलिटहरुको सहभागिता रहेको आयोजित पत्रकार सम्मेलनमा को रेस डाइरेक्टर योन्जनले बताए । उनीहरु सहित प्रत्येक खेलाडी संग एक–एक जना सहयोगी समेत पोखरा आएका छन् । सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

र यो पनि पढ्नुहोस

नेपालमा पहिलो पटक हुँदै विश्वकै कठिन ट्राइयाथलन, तयारी पुरा, १७ देशका एथलिट पोखरामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close