
पोखरा स्पोर्टस । राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुने भएको हो ।
प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।
पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष÷महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।
