नवौंको तयारीका लागि प्रत्येक प्रदेश लाई ५० लाख ! ठेलो र क्यानोइङ्ग प्रदर्शनी खेल, एशियाली खेलमा २३ खेलमा सहभागिता

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टिम तयारी खर्च स्वरुप प्रत्येक प्रदेशलाई ५०/५० लाख संघिय सरकारले ५० लाख दिने भएको छ ।

पोखरामा आगामी जेठ २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि काठमाडौमा शुक्रबार सम्पन्न राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकमा टिम तयारीका लागि प्रत्येक प्रदेशलाई ५०/५० लाख दिने प्रस्ताव गरिएको हो ।करिव ३ वर्ष पछि भएको बोर्ड बैठकमा तयारीका लागि ५० लाख दिने भए पछि आमन्त्रित वोर्ड सदस्यका रुपमा रहेका प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरुले त्यस प्रति आफ्नो असन्तुष्टि जाहेर गरेका छन् ।

यस भन्दा अघि सम्पन्न राष्ट्रिय प्रतियोगिताहरुमा क्षेत्रिय खेलकुदहरुलाई ३ देखि ३ करोड ५० लाख उपलव्ध गराउँदै आएको संघिय सरकारले प्रदेश खेलकुद परिषद गठन पछि प्रदेश सरकारले नै टिम तयारी खर्च व्यहोर्नु पर्ने भन्दै टिम तयारीका लागि बजेट शंकुचित पारिएको गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । उनले भने–“ वर्षको अन्तिम समय बजेट निर्माणको बेला राष्ट्रिय प्रतियोगिता हुँदैछ । प्रदेश सरकार संग बजेटको अभाव छ । यस्तो अवस्थामा बजेट सम्भव छैन ।” बैठकमा आफूले  यो कुरा उठाएको जनाउँदै निर्देशिका समेत यो विषयलाई संसोधन गर्नुपर्ने सवै प्रदेशका सदस्य सचिवहरुले समेत जोडदार रुपमा उठाएको उल्लेख गरे ।

खेलाडी सहभागिताका आधारमा नै प्रदेशहरुलाई ३ देखि ५ करोड बजेटको सहयोग संघिय सरकारमार्फत हुनुपर्ने कुरा बैठकमा उठाएको जनाउँदै सदस्य सचिव गुरुङले भने–“प्रदेश सरकारले यो विषयमा बजेट नै विनियोजन नै नगरेकोले टिम तयारी खर्च जुटाउन समस्या हुने छ ।” उनले राखेप राष्ट्रिय खेलकुद परिषद आयोजकको रुपमा रहे पनि गण्डकी प्रदेश सह आयोजकको रुपमा रहनुपर्ने कुरामा समेत जोड दिएको उल्लेख गरे ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वी सहित ३८ खेल हुने र त्यसमा गण्डकी प्रदेशको परम्परागत खेल ठेलो र सहाशिक खेल क्यानोइङ्ग प्रदर्शनी खेलको रुपमा समावेश गर्ने गरी सहमती भएको बैठक पछि सदस्य सचिव गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । पोखरा तालै ताल र नदिको शहरमा पनि भएकोले पनि क्यानोइङ्ग खेललाई प्रस्ताव गरिएको उनले जनाए । उनले फ्ल्याट वाटरमा नै क्यानोइङ्ग आयोजना गर्न लागिएको उनले बताए ।

त्यस्तै बागमती प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले राखेपले तयार गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यविधि संसोधन सहित पारित गर्ने निर्णय गरिएको बताए । उनले खेल संघहरुको विवाद समाधानलागि समेत कार्यविधि तयार गर्ने १९ औं एशियाली खेलकुदका लागि २३ खेल निर्धारण गरिएको जनाए । उनले टिम तयारीका लागि संघिय सरकारले दिने भनिएको ५० लाख समेत निर्देशिकामा संसोधन हुनुपर्ने कुरामा जोड दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close