उपाधि कब्जा गर्न हेटौडा हिंड्यो बगर भाई खलकको टोली

पोखरा स्पोर्टस । बगर भाई खलकको भेट्रान्स फुटबल टोली उपाधि कव्जा गर्ने उद्धेश्य सहित मंगलबार हेटौडा प्रस्थान गरेको छ ।

हेटौंडामा यहि मंसिर २७ गते देखि पुष ३ गते सम्म आयोजना हुने सातौं भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन त्यसतर्फ प्रस्थान गरेको हो । लगातार पाँचौ र छैंटौ संस्करणको उपाधि बिजेता समेत रहेको बगर भाई खलक यस पटक भने हेटौडा भेट्रान्स कप कव्जा गर्ने उद्धेश्यका साथ हेटौंडा प्रस्थान गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

बगर भाई खलकले उक्त प्रतियोगिताका लागि आफ्ना दुई टिम त्यस तर्फ पठाएको छ । बगर भाई खलक ‘ए’ टिम र ‘बि’ टिम गरी दुई टिमले उक्त प्रतियोगितामा सहभागिता जनाउने छन् । बगर भाई खलक ‘ए’ टिमको कप्तानी पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र)ले सम्हाल्नेछन् भने टिम म्यानेजरमा इश्वर गुरुङ र म्यानेजरमा ओमकार गिरी तथा ‘बि’ टिमको कप्तानमा भाई गुरुङ, टिम म्यानेजरमा रमेश श्रेष्ठ र प्रशिक्षकमा सन्तोष गुरुङ रहेका छन् ।

हेटौडा हिडेको दुवै टिमका सदस्यहरुलाई संस्थाका प्रमुख सल्लाहकार दिनेश श्रेष्ठले जितको शुभकामना सहति विदाई गरेका थिए ।

स्मरणिय रहोस वगर भाई खलकले “पाँचौ स्वर्गिय रन्जित गुरुङ स्मृती तथा ११ औं बगर भाई खलक भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” आगामी पुष २६ गते बाट माघ १ गते बाट आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close