बिटी कपमा दोस्रो चरणका खेल सम्पन्न

पोखरा स्पोर्टस । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड प्रतियोगितामा आज दोस्रो चरणका खेलहरु सकिएका छन् ।

पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज दोस्रो चरणका खेलहरु सकिएसँगै बुधबारदेखि प्रिकवटरफलाईनलको खेल हुने क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिएकी हुन् । गुरुङका अनुसार आज भएको पहिलो खेलमा मालेपाटन एफसीले पाटन एफसीलाई २–० गोल अन्तरले पराजिगत गर्याे । मालेपाटनको जितमा सोम तामाङ र मिलन मगरले समान एक गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा मेरो नेपालले एनजी एफसीलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । मेरो नेपालको जितमा रामचन्द्र नेपालीले २ गोलको योगदान दिए भने सम्पन्न श्रेष्ठले १ गोल गरे । अध्यक्ष गुरुङले शितलज्योती क्लब र नदीपुर युनाईटेड बिच भएको खेल गोलरहित भएपछि टाईब्रेकरमा शितलज्योतीले ३–१ गोल अन्तरले जित निकाल्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको बताईन् ।

उनका अनुसार हाम्रो एफसी र भिमकाली एफसी बिच भएको चौंथो खेलमा गोलरहित भएपछि टाई ब्रेकरमा हाम्रो एफसीले ४–३ गोल अन्तरले पराजित गर्याे । पाँचौ खेलमा सत्य युवा क्लब बाझाँपाटनले कमलपोखरीलाई टाई ब्रेकरमा ३–१ गोल अन्तरले हराउदै अन्तिम १६ मा स्थान बनायो ।

छैटौं खेलमा रफ व्याईज र हेम्जा युनाईटेड बिच भएको खेलपनि गोलरहित भएपछि टाईब्रेकरमा ७–६ गोल अन्तरले हेम्जा युनाईटेडले जित निकाल्यो । सातौं खेलमा भिमकाली यु–१७ ले रामघाट एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गर्याे । अन्तिम खेलमा लालीगुँरास क्लब धम्पुसलाई लेकसाइड एफसीले ४–० गोलको फराकिलो अन्तरले पराजिगत गर्याे । लेकसाइडको जितमा सन्त बहादुर गुरुङले हयाट्रिक गरे भने विमल रानाले १ गोलको योगदान दिए ।

प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close