वर्ल्ड र्‍याङ्किङ टेनिस टुर : डवल्समा नेपाली तिन जोडी सेमीफाइनलमा, सिंगल्समा सलोनी (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा जारी गर्ल्स÷ब्वाइज ‘यू–१८ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५’अन्तर्गत डवल्सतर्फ नेपाली खेलाडीले संघर्षपूर्ण जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

बिहिबार सम्पन्न क्वाटरफाइनलमा ब्वाइजतर्फको खेलमा आरभ विक्रम हाडा र अर्यान गिरीको जोडी र गर्ल्सतर्फ अभिलाषा विष्ट र सलोनी तामाङ, प्रतिक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाईमा संघर्षपूर्ण जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् ।

नेपाली जोडी आरभ र अर्यानले भारतिय जोडी निखिल मित्तल र अनर्व यादव विरुद्धको खेलमा दुवै सेट १–१ को बरावरी खेल्दै खेललाई सुपरटाइमा धकेलेका थिए । पहिलो सेट ४–६ ले गुमाएका आरभ र अर्यानले दोश्रो सेटमा भने संघर्षपूर्ण जित निकाले । दोश्रो सेट ७–६ (४)को वढतमा हावी हुँदै खेलमा फर्किएका आरभ र अर्यानले अन्तिम सेट सुपरटाइमा १०–५ ले जित्दै सेमीफाइनलको यात्रा तय गरे ।

आरभ र अर्यानले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमीफाइनलमा भारतिय जोडी कविर चावरिया र दक्ष प्रसाद संग भिड्ने छन् । उनीहरुले इजारयली जोडी हालेल आशुष र अलेक्जण्डर नोडललाई ६–४, ३–६ र १०–५ ले खेल जितेका थिए ।

यता गर्ल्सतर्फ समेतको खेलमा नेपाली खेलाडी जोडी अभिलाषा र सलोनी तामाङको खेल समेत उस्तै संघर्षपूर्ण रह्यो । भारतिय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्ती संग पहिलो सेट १–६ ले गुमाएका उनीहरुले दोश्रो सेटमा कम व्याक गर्दै ६–३ ले जित्दै बरावरी गरे । सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० ले जित्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् । उनीहरुले सेमीफाइनलमा भारतिय खेलाडी दिभा भाटिया र मेहर मिश्रा संग भिडनेछन् । दिभा र मेहरले अमेरिकी र भारतिय खेलाडी सम्मिलित जोडी समिक्षा आनिम र रिषिता रेड्डीलाई सुपरटाइमा ५–७, ७–५ र १०–३ ले जितेका हुन् ।

त्यस्तै गर्ल्स डव्लसतर्फका एक अर्को खेलमा रायना शाह र प्रकृती श्रेष्ठ समेत सुपरटाइमा खेल जित्दै सेमीफाइनलमा पुगेका छन् । उनीहरुले भारतिय जोडी श्रीनिधी रेड्डी र तनुश संगको खेलमा पहिलो सेट ७–६ (८)ले जित्दै भारतिय खेलाडीलाई दवावमा राखे पनि दोश्रो सेट १–६ ले गुमाउन पुगे । तर खेलको अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमीफाइनलको यात्रा तय गरे । उनीहरुले भोली हुने सेमीफाइनलमा आफ्नै देशका जोडी इशा श्री शाह र सर्वाणी श्रेष्ठ संग खेल्नेछन् ।

जारी खेलमा सेमीफाइनल यात्रा तय गर्ने सिंगल्सतर्फ एक मात्र खेलाडी सलोनी तामाङ रहेकी छन् । सलोनीले भारतकी तनुश्री पाण्डेलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेकी हुन् । उनले सेमीफाइनलमा भारतकी शुखमनी भण्डारी संग भिड्ने छिन् । यता शुखमनीले भारतकी नियाती कुक्रेतीलाई टाइव्रेकरमा ४–६, ६–२, ६–३ ले पराजित गर्दै सलोनी संग भेट पक्का गरेकी थिइन् । यस्तै गर्ल्सतर्फ भारतिय खेलाडी मेहर मिश्रा र हाना नागपाल रहेकी छन् ।

ब्वाइज सिंगल्सतर्फ भारतिय खेलाडी दक्ष प्रसाद, चन्दन शिवराज, स्विडेनका इमिलियो जिल्कोस्की र हङ्गेरीका लरेन्ट ग्योरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै व्वाइज डवल्सतर्फ शिदार्थ लामा र मिथ्रे व्यारेटको जोडीले भारतिय जोडी आर्या भट्टाचार्य र ओमान्स शाहरियालाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा पुगेका छन् । डवल्सतर्फ नै भारतिय जोडी धनन्ञ्जय र वाट ओव्रिनको जोडी समेत आफ्नो खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा विभिन्न १० देशका ११९ देशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता दिसेम्वर ११ तारिख सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close