स्पोर्टस फर अल कमिसन टोलीद्वारा प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री नेपाली संग भेट

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र प्रदेश मुख्यमन्त्री कृष्ण चन्द पोखरेल नेपाली संग छुट्टा–छुट्टै भेट गरेको छ ।

ओलम्पिक डे मनाउने सन्दर्भमा कमिसनले प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री नेपाली संग भेट गरेको हो । भेट बारे जानकारी गराउँदै कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले उहाँहरु संगको भेटघाट नै सार्थक रहेको बताए । उनले भने–“हामीले जुन २३ का दिन मनाउन लागेको ओलम्पिक डे को सन्दर्भ संगै खेलकुदको अवस्था बारे जानकारी गरायौं, उहाँहरु ओलम्पिक डे लाई भव्य रुपमा मनाउने कुरालाई सौहार्द रुपमा लिनुभएको मात्रै छैन पुर्णरुपमा सहयोग गर्ने विश्वास दिनुभएको छ ।”

कमिसनले ओलम्पिक डे लाई देशव्यापी बनाउन सात प्रदेशमा जुन १ तारिख बाट सञ्चालन हुने गरी २ हजार ५ सय वटा विभिन्न कार्यक्रमहरु तय गरिएको र सोको तयारीलाई तिव्र रुपमा अघि बढाएको बताउँदै अध्यक्ष श्रेष्ठले राजनितिककर्मीहरुका बिच समेत यो विषय बारे जानकारी दिंदै खेलकुदको अभियानमा संगै डोर्‍याउने बताए । “जव सम्म राजिनितक व्यक्तित्वहरु खेलकुद प्रति सचेत बन्न सक्नुहुन्न तव सम्म समाजले चाहे जस्तो गरी खेलकुद विकास अघि बढ्न सक्दैन”, उनले भने । गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीको भेटले निकै उत्साह थपिएको बताउँदै अभियानलाई सफल बनाउन समाजका हरेक तहमा ओलम्पिक डे लाई जोड्ने गरी अघि बढ्ने उल्लेख गरे ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट लागयतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close