
पोखरा, २१ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की)ले आयोजना गरेको बलराम स्मृती कास्की लिग फुटबल प्रतियोगिता अन्तरगत विष्णु पादुका क्लब हेमजाले रामघाट विरुद्ध ८–० गोल अन्तरले पराजित गर्दा विष्णु पादुकाका समरि कार्कीले एक्लैले ५ गोल गरेका छन ।
एक खेल अगावै समुहको वि को शिर्ष स्थानमा रहेको विष्णु पादुकाको लिग तालिकामा १२ अंक छ । समिरले आजको खेलमा ५ गोल संगै १५ गोल गरिसकेका छन । यता रामघाटले भने कुनै अंक जोड्न सकेको छैन ।
आजको खेलमा अविनाश तामाङको ह्याट्रिक संगै ड्यामसाइडले गार्डेन यूवा क्लवलाई पराजित गर्दै समुह ए को शिर्ष स्थानमा उक्लिएको छ । अविनाशले चार खेलमा ९ गोल गरेका छन । उसको समेत १२ अंक छ । तर गार्डेन भने अंक तालिकमा पुछारमा छ । उसले कुनै खेल जितेको छैन ।
आदर्श यूवा क्लब र लेकसाइड यूवा क्लब आजको खेल २–२ गोलको बराबरीमा सकिएको छन । आदर्शका लागि सुमन घले र अर्जुन रानाले गोल गरे भने लेकसाइडका लागि प्रजित परियार र समिर कार्कीले समान १–१ गोल गरे । समुह सि मा १० अंकका साथ आदर्श अंक तालिकामा शिर्ष स्थानमा रहेको छन भने लेकसाइडको ४ अंक रहेको छ ।
यसै गरि संगम यूवा क्लवले ढिकुर पोखरीको यस्वा संजालललाई १०–० गोलले पराजित गरेको छ । आजको खेलमा संगमका लागि सुमित श्रेष्ठले ४ गोल गरे भने लेल प्रसाद गुरुङले ह्याट्रिक पुरा गरे । मनिष थपलिया र आकाश क्षेत्रीले समान एक–एक गोल गरे । संगमको यो जित संगै ६ अंक बटुलेको छ ।
त्यसै गरि अकोै एक खेलमा एलजीले र शितलज्योती क्लबलाई २–१ गोलले पराजित गरेको छ । एलजीका लागि आनन्द पुन र सिदार्थ रंजितले गोल गरेका थिए भने शितलज्योतीका लागि गगां गुरुङले एक गोल फर्काए । दुवै टिमको अंक तालिकामा भने ६–६ अंक छ । एक अर्को खेलमा इन्द्रेणी क्लबले भ्याली स्पोर्टसलाई ३–० गोल अन्तरले पाखा लगाएको छ । निसान गुरुङ, संगम दोर्जे र अमृत मगरले गोल गरे । इन्द्रेणीको हाल सम्म ७ अंक छ भने भ्यालीले कुनै अंक जोड्न सकेको छैन ।
यसै विच भोली बुधवारको खेल भने प्राविधिक कारणवश स्थगित गरिएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन । विहिबार बाट खेल सुचारु हुने कार्कीले पोखरा स्पोर्टसलाई बताए ।
