यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टन

पोखरा स्पोर्टस । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनमा दुई विधाका सेमिफाईनल खेलहरु सकिएका छन् ।

छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचन र कोशीकी निभा राई उपाधिका लागि भिड्ने भएका छन् । शेरचनले गण्डकीकी समृद्धी श्रेष्ठलाई २१–१२ र २१–९ अंकले पराजित गर्दा राईले गण्डकीकी दिलाशा रानालाई १२–२१,२१–१९ र २१–१७ अंकले पराजित गदै अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् ।

छात्र एकलतर्फ गण्डकीका सफल भुजेल र लुम्बिनीका सुविन श्रेष्ठ उपाधिका लागि भिड्ने भएका छन् ।

भुजेलले बागमतीका रिजन मगरलाई २१–१७ र २१–१३ अंकले पराजित गर्दा श्रेष्ठले कोशीका सुदिप राईलाई २१–१३ र २१–१४ अंकले पराजित गदै उपाधि नजिक पुगेका हुन् ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close