
पोखरा स्पोर्टस । एथलेटिक्स परिवार, नेपाल द्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक आज एक समारोहबीच प्रदान गरिएको छ ।
एथलेटिक्स खेलाडीहरु सन्दिप थारु, कपिलबस्तु, स्वागाता खैजु, भक्तपुर, युवराज बि.क., जाजरकोट, राममाया बुढा–जुम्ला, मध्यम दूरीका साग गेम्सका पदकधारी त्रिभुवन आर्मी क्लवका धावक सोमबहादुर कुमाललाई शम्भु दाहाल, नेपाल रन, युकेका सन्तोष राई, पाण्डव महतो, ओलम्पियन हरीबहादुर रोकाया र कर्णाली स्पोर्ट्स क्लवका अध्यक्ष सोराज शाहीलगायतका व्यक्तित्वहरुले उक्त खेल सामग्रीहरु प्रदान गरेका थिए ।
सो अवसरमा एथलेटिक्स परिवार, नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
