पश्चिमाञ्चल र कास्की जिल्ला खेलकुदका कर्मचारीले दिए खेलकुद संघबाट राजिनामा

पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र कास्की जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरुले विभिन्न खेल संघहरुबाट राजिनामा दिएका छन ।

विधेयकको परिच्छेद ६ को उपदफा २५ को १ वमोजिम उल्लेख गरिएको परिषदको वहालवाला सदस्य सचिब र कुनै पनि कर्मचारी खेल संघमा आवद्ध हुन नपाइने व्यवस्था वमोजिम उनीहरुले खेल संघहरुवाट राजिनामा दिएका हुन । खेलकुद विकास विधेयक २०७७ कार्यान्वयनमा आए संगै क्षेत्रिय खेलकुद र जिल्ला खेलकुदका कर्मचारीहरु आवद्ध विभिन्न खेल संघबाट राजिनामा दिएको क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिएका छन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख समेत रहेका योगीले नेपाल योग खेलकुद संघको केन्द्रिय सदस्यबाट राजिनामा दिएको बताए । “अहिले जिल्ला जिल्लाबाट सबै कर्मचारी साथीहरुले आफु आवद्धता रहेको खेलसंघबाट राजिनामा दिइ सकेका छन”, उनले भने ।

राजिनामा दिनेहरुमा कार्यालय प्रमुख योगी संगै पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपाली, वलराम लामा रहेका छन । लेखा प्रमुख नेपाली नेपाल भलिवल संघको केन्द्रिय सचिब थिए भने लामा कास्की जिल्ला तेक्वान्दो संघका सदस्य थिए । लामा तेक्वान्दोका प्रशिक्षक समेत हुन ।

यसै गरि कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले समेत आफु आवद्ध रहेको नेपाल ट्राइयाथलन संघको सचिव पदबाट राजिनामा दिएको बताए । उनले भने–“कास्की जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुले आफु आवद्धता रहेको खेल संघबाट राजिनामा वुझाई सक्नुभएको छ,”उनले भने ।

कास्की जिल्ला खेलकुदमा कार्यरत तेक्वान्दोका प्रशिक्षक सुन बहादुर लामा र सितेरियो करातेका प्रशिक्षक सुरेन्द्र गुरुङले राजिनामा दिएका छन । लामा कास्की जिल्ला तेक्वान्दो संघमा आवद्ध रहेका थिए भने गुरुङ सितेरियो कराते संघमा आवद्ध रहेका थिए ।

यसै गरि विधेयकको परिच्छेद ४ को १९ मा कर्मचारी समवन्धि व्यवस्था गरेको दफा ६ वमोजिम परिषदमा कार्यरत स्थायी कर्मचारीहरुले यो ऐन कार्यान्वयन भएको एक वर्ष भित्र एक पटकको लागि संघ प्रदेश र स्थानिय तहका खेलकुद सम्वन्धी संरचनामा मनोनयन गर्न सकिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close