सडक महोत्सवमा भएको वेटर रेस प्रदिप र एन्जिलाले जिते

पोखरा स्पोर्टस । २३ औं पोखरा सडक महोत्सव अन्तर्गत वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रदिप पराजुली प्रथम, ब्यञ्जनकै सुवास श्रीपाली द्वितिय, बुमर्‍याङ्ग रेष्टुरेण्टका कृष्ण सुनवार तृतीय तथा चिल्ली बारका मिलन गुरुङ्ग सान्त्वना भएका छन् ।

वेट्रेसतर्फ आलमोण्ड क्याफेका एन्जिला पुन प्रथम, चिल्ली बारका शान्ति चौलागाई द्वितिय, फ्लेम रेष्टुरेण्टका सन्ध्या गुरुङ्ग तृतीय तथा बिल्ली बन्टरका प्रार्थना राई सान्त्वना भए ।

विजयी खेलाडीहरुले क्रमश नगद ५, ३, २ र १ हजार नगद सहित प्रमाण–पत्रले पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ६ का वडासदस्य हरि पहारीले पुरस्कार प्रदान गरे ।

खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए । बिल्ली बण्टर रेष्टुरेण्ट हुँदै पुनः चिल्लीबारसम्मको २ सय मिटर मिटर दुरी पार गरेको कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close