पाँच राखेप सदस्यलाई उच्च अदालतले गर्‍यो पुनर्वहाली

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पाँच वोर्ड सदस्यहरुलाई उच्च अदालत पाटनले पुनर्ववहाली गरेको छ ।

यूवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेप सदस्य रिम बहादुर रानाभाट, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, इन्दिरा निरौला,गोपाल खनाल र गोविन्द भट्टराई सहित आठजनालाई वर्खास्त गरेको थियो । वर्खास्त भएका मध्ये पाँच जना सदस्यले पाटन उच्च अदालतमा भोली पल्ट नै मुद्धा दायर गरेका थिए ।

सरकारको बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का पाँचजना सदस्य रिम बहादुर रानाभाट, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका हुन् ।

पुनर्वहाली भएका पाँचै जना सदस्यहरु आज राखेपमा जाने सम्पन्न श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले कानुनतः न्याय पाएका छौं, हामीले अव खेलकुद विकासको कामलाई निरन्तरता दिनुछ भने नवौं राष्ट्रिय खेलकुदको तयारी समेत गर्नुछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close