एभिसी भलिवल च्याम्पियनसिप : नेपालद्वारा आयोजक बंगालादेश पराजित

पोखरा स्पोर्टस । बंगालादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिवल प्रतियोगितामा शनिवार नेपाली महिला राष्ट्रिय टोलीले आयोजक बंगालादेशलाई पराजित गरेको छ ।

साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले बंगालादेश विरुद्धको खेलमा ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोश्रो सेट २५–१५ र तेश्रो सेट २५–१७ ले जित निकालेको हो ।

नेपाली राष्ट्रिय महिला भलिवल टोलीले आफ्ना तिनै वटा खेलमा समेत लगातार जित निकाल्दै आफ्नो लय कायम राखेको नेपाल भलिवल संघका कार्यबाहक अध्यक्ष याम गुरुङले पोखरा स्पोर्टसलाई बताए । अध्यक्ष गुरुङले नेपालले आफ्नो साविक पदर्शन उत्कृष्ट रुपमा जारी राखेको भन्दै टिमलाई बधाई समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close