
पोखरा स्पोर्टस । नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराते संघ कास्कीको आयोजनामा माघ १ गते ढुङ्गे साँघुको मेलामा “२३ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते तथा सुवदार मेजर धन बहादुर गुरुङ स्मृती कप २०७८” हुने भएको छ ।
सो प्रतियोगिता बारे जानकारी दिंदै नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराते संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर नेपालीले प्रतियोगितामा १४४ जना महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउने भएका हुन । उक्त प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन तयारी शुरु गरिएको संरक्षक गुरुङले जनाएका छन् ।
करिव २१ लाख खर्च लाग्ने प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष गरी जुनियर ३० वर्ष मुनी तौल समुहमा ४६ जना, पुरुष तौल सुमह ५० केजी मुनीमा ३० जना, महिला खुल्ला तौलतर्फ २४ जना र पुरुष खुल्ला तौल तर्फ ४४ जना खेलाडीको सहभागिता रहने संघका संरक्षक शिव बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
२३ वर्ष देखि निरन्तर रुपमा पोखरा १७ महतगौंडामा लाग्ने ऐतिहासिक ढुङ्गेसाँघु मेलामा उक्त प्रतियोगिता निकै रोमाञ्चपूर्ण रहदैं आएको छ । २३ औं संस्करणमा प्रतियोगितालाई अझै भव्य बनाउने तयारी गरिएको प्रतियोगिताका संयोजक विजय आले मगरले जनाएका छन् । ढुङ्गेसाँघुको ऐतिहासिक तथा पौराणिक मेलामा हुने उक्त प्रतियोगितालाई सफल बनाउन कार्यक्रम व्यवस्थापक रत्न बहादुर आलेले सवैलाई आग्रह गरेका छन् ।
