तिजको अवसरमा महिलाहरुको डोरी तान प्रतियोगिता गर्दै नेकोस कास्की

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा महिला डोरी तान प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता नेपाल खेलकुद महासंघ (नेकोस) कास्कीले आयोजना गर्न लागेको हो । यहि भदौ ९ गते पोखरा भण्डारढिकको एक पार्टी प्यालेसमा आयोजना गरिने भएको महासंघ कास्कीका अध्यक्ष दुर्गादत्त पोखरेलले जानकारी दिएका छन् । उनले भने–“हामीले  परम्परागत खेलको संरक्षणका लागि ठेलो प्रतियोगिता सम्पन्न गरेका छौं भने नेपाली महिलाहरुको तिज पर्वलाई लक्षित डोरी तान प्रतियोगिता आयोजना गर्दैछौं ।” उनले सवै आमा, दिदी, बहिनीहरुलाई तिजको अग्रिम शुभकामना दिंदै उक्त प्रतियोगितामा सहभागिताका लागि आग्रह समेत गरे ।

खानपिन नाचगान संगै रमाइलो गरी तिज मनाइरहँदा खेलकुद समेत त्यसमा जोड्दा महिलाहरुमा थप उत्साह थपिने र खेलकुदलाई आम जनमानसमा पुर्याउन सहयोग मिल्ने महासंघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले बताए । “खेलकुद मनोरञ्जन मात्रै होइन । यो आम नागरिक संग पनि जोडिनु पर्छ । पर्वहरुमा खेल जोडिंदा जनसमक्ष पुर्याउन सहज समेत हुन्छ भने खेलकुदबाटै समृद्धि ल्याउन सकिन्छ भन्ने कुरा जन–जनमा मात्रै नभई राज्यको बागडोर सम्हालेकाहरुलाई पनि वुझाउन आवश्यक छ”, उनले भने ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद रु ७, ५ र ३ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको  र प्रतियोगिता सम्पन्न गर्न करिव १ लाख ५० हजार खर्च लाग्ने  नेकोस कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close