सूर्य तारा यूवा क्लवले ‘५–ए साइड भेट्रान्स फुटसल’ आयोजना गर्ने

पोखरा स्पोर्टस । खेलकुद र सामाजिक क्षेत्रमा विशेष योगदान दिएको पोखरास्थित सूर्य तारा यूवा क्लवले भेट्रान्स ५–ए साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरा लेखनाथ तालचोकस्थित काइट्स स्पोर्टमा हुने प्रतियोगिता पुषको ३ र ४ गते सञ्चालन हुने क्लवका अध्यक्ष विष्णु पुनले जानकारी दिएका हुन् । प्रतियोगितामा ३० वर्षका माथीको नेपाली नागरिक कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेट्रान्स खेलाडीले खेल्न पाउने अध्यक्ष पुनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा २० देखि २२ टिमको सहभागितको अपेक्षा गरिएको जानकारी दिंदै अध्यक्ष पुनले उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ । टिम दर्ताका लागि यहि पुष १ गते सम्मका लागि समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close