
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं ५ पर्स्याङमा देशकै ठूलो स्केट पार्क खुलेको छ ।

पोखराको यातायात क्षेत्रमा कार्यरत संस्था जगदम्वा मोटर्स प्रालीले पोखरा रिक्रियसन एण्ड स्केट पार्क व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको हो । उक्त स्केट पार्कमा एकै पटकमा ४ सय जना खेल्न मिल्ने दावी जगदम्वाका अध्यक्ष समेत रहेका केशव अधिकारीले बताएका छन् । उनले भने–“यो नेपालकै ठूलो स्केट रिक्रियसन एण्ड स्केट पार्क हो” उनले भने–“६ महिनामा निर्माण सम्पन्न भएको स्केट पार्कका लागि २ करोड ५० लाख खर्च भएको छ ।”
यूवाहरुको वढ्दो स्केट क्रेज र आधुनिक खेलको रुपमा लिइने स्केट पार्कले धेरै यूवाहरुलाई आकर्षणको केन्द्र बन्न सक्ने बताउँदै पार्कको संरक्षक समेत रहेका अधिकारीले व्यवसायिक रुपमा खुलेको भए पनि गरिव तथा विपन्न यूवाहरुका लागि भने निशुल्क रुपमा स्केट पार्कमा आएर मनोरञ्जन गर्न सक्ने बताए ।
साना बालवालिका देखि अन्य जुनसुकै उमेरका समेत स्केट पार्कमा आउन सक्ने जानकारी दिंदै संरक्षक अधिकारीले स्केट पार्कमा आउने यूवाहरुका लागि समेत जोखिम विमाको समेत व्यवस्था गरिएको बताए । उनका अनुसार दैनिक एक घन्टा स्केट पार्कमा खेले वापत रु २ सय लाग्ने र दिनभरी प्रयोग गरे वापत ५ सय लाग्ने बताए ।
उक्त स्केट पार्कको एक कार्यक्रमका विच वासु अधिकारी, सक्षम अधिकारी र वृहत पौडेलले शंयूक्त रुपमा उद्घाटन गरे ।
