
पोखरा स्पोर्टस । काठमाण्डौमा सुरु भएको छात्र कबड्डीमा गण्डकी सेमीफाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दुई खेल मध्ये एकमा जित र एकमा पराजित हुँदै गण्डकीको छात्र टिम सेमीफाइनल प्रवेश गरेको हो । गण्डकीले पहिलो खेलमा कर्णाली प्रदेश विरुद्ध प्रतिष्पर्धात्मक खेलमा २ अंकले जित हात पारेको छ । गण्डकीले ४८ का विरुद्ध ५० अंकले जित हात पारेको सन्दिप पन्तले पोखरा स्र्पोर्टसलाई जानकारी दिए ।
छात्र गण्डकीतर्फ सुदुर पश्चिम संग भने पराजित भएको छ । गण्डकी २८ विरुद्ध ५२ ले पराजित भएको हो । गण्डकी गोल संख्याका आधारमा सेमीफाइनल प्रवेश गरेको हो ।
यसै गरी आज नै भएको छात्रातर्फको खेलमा कोशी प्रदेशलाई ४९ का विरुद्ध ५७ ले पराजित गर्दै एक खेल अगावै गण्डकी सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।
