बीर गणेशमान स्मृती टेनिसमा पोखराका सृजन सेमीफाइनलमा

पोखरा स्पोर्टस । ललितपुरमा जारी बीर गणेशमान स्मृती टेनिसमा पोखराका सृजन भट्टराई सेमीफाइनलको यात्रा तय गरेका छन् ।

सातदोवाटो स्थित टेनिस कोर्टमा जारी प्रतियोगिता यू–१४ मा सृजन भट्टराईले पोखराकै शास्वत बज्राचार्यलाई ७–६, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् । जारी प्रतियोगितामा पोखराका खेलाडीहरुले मिश्रित परिणाम निकालेका छन् ।

बिहिबार सम्पन्न पुरुष सिंगल्स् तर्फ निरज गुरुङले काठमाडौको अमन गोयललाई प्रि-क्वाटरमा ६–०, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । उनले पोखराका नविन मगर संग शुक्रबार भेट पक्का गरेका छन् । नविन १३ औं सागका काश्य पदक विजेता हुन् । उनी संगै पोखराका १३ औं सागका अर्का पदक विजेता प्रदिप खड्का काठमाडौको आर्यन गिरी संग भिड्ने छन् । पुरुष सिंगल्स्  तर्फको अर्को एक खेलमा गोविन्द नेपालीले काठमाडौंको मुकेन थापालाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए ।

यता महिला सिंगल्समा भने पोखराका पृती बराल र श्रेया भट्टराई दुवैले आ–आफ्नो खेलमा पराजय व्यहोरे । ४५ वर्ष माथीको खेलमा गोपी भट्टराईले मनोज क्षेत्री बाट वाक ओभर पाउँदा क्वाटरफाइनलमा स्थान पक्का गरे । सोही वर्षको समुहमा पोखराका नविन चालिसे, शरन गुरुङ, अनुज बास्तोला भने पहिलो चरणबाटै बाहिरिएका छन् भने ४५ वर्ष माथीको अर्को एक खेलमा शमिर शेरचन काठमाडौका विजय गुरुङ संग पराजय व्यहोरेका छन् ।

गणेशमान सिंह फाउण्डेशन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित ”बीर गणेशमान सिह राष्ट्रीय टेनिस ”प्रतियोगितामा सिनियर र जुनियर तर्फ महिला र पूरूषमा बिभिन्न २३ ईभेन्टमा करिव २२५ खेलाडीहरुको सहभागिता रहेको फाउण्डेशनका राजन खत्रीले जानकारी दिएका छन् । बिजयी खेलाडीहरुलाई विभिन्न इभेन्टमा गरी कूल ७ लाख २५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक भास्करमान सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close