
पोखरा स्पोर्टस । आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१–७, २१–१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए । रुकेशले शिवराम चौधरीलाई २१–५, २१–४ ले तथा पविनले शिभ राईलाई २१–११, २१–४ ले पराजित गरे ।
पार्कको स्थापनाको उपलक्षमा आयोजना भएको च्याम्पियनसिपमा आयुश्मान नागरीले टंक बहादुर रानालाई २१–४ को समान अन्तरले पराजित गरे । यस्तै पेम्बा शेर्पाले सुलभ पौडेलमाथी २१–१८, २१–१२, एपिएफका सुमन लिम्बुले योगेश खड्कालाई १६–२१, २१–९, २३–२१, अदिश कार्कीले सुक्र तामाङ्गलाई २१–१४, २१–१५, राजु थापाले बुटवलका सुनिल कार्कीलाई २१–१३ को समान अन्तरले, दिपेन गायकले रिसोद सुवाललाई २१–११, २१–१४, बबिश थापाले सुदय झालाबाट वाक ओभर, नविन सिलवाल दितिक न्यौपानेलाई २१–१५, २१–१३, विवेक भट्टराईले ब्रिन्जन बस्नेतलाई १२–२१, २४–२२, २१–१८, एशिया जवेगुले रामु हाङ्ग राईलाई २१–११, २१–१५, बुटवलका रोहित बरालले रोमी राईबाट वाकओभर तथा सेनाका विवेक चौधरीले सुर्खेतका नरेन्द्र बमलाई १८–२१, २१–१५, २१–१३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले शुक्रबार एक कार्यक्रमकाविच च्याम्पियनसिपका साथै रिभाईभमा स्थापना गरिएको क्लबको समेत पानशमा दिप प्रज्वलन गर्दै उद्घाटन गरे । क्लबमा ब्याडमिन्टन कोर्टका साथै, पौडी पोखरी, जिम हल, सौना, ज्यागुजी लगायत कराते तथा उसु कक्ष समेत रहेको छ ।
सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गरिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।
करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
